
फागुन २६, कहिलेकाहीँ शमथ र विपश्यनाको अभ्यास गर्दा यी दुईबीच धेरै फरक छैन जस्तो लाग्न सक्छ। कहिलेकाहीँ त यी दुवैलाई स्पष्ट रूपमा छुट्याउन पनि गाह्रो हुन्छ। तर शमथको अवस्था त्यस्तो हो जसले क्लेशहरूलाई अस्थायी रूपमा दबाउन (शमन गर्न) सक्छ, तिनीहरूलाई पूर्ण रूपमा निर्मूल गर्न भने सक्दैन। केवल शमथमा रहनु मात्रले प्रज्ञाको विशेष अनुभूति हुँदैन। त्यस्तो प्रज्ञा विपश्यना अर्थात् स्थिर चित्तको अवस्थामा चित्तस्वरूपलाई हेर्ने अभ्यासबाट प्राप्त हुन्छ ।
— एन ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ ८० बाट








