
काठमाडौँ । आन्तरिक विवादका वीच नेकपा एमालेले कार्यदल केन्द्रीय सचिवालय र केन्द्रीय कमिटि बैठक बोलाएको छ।
बैठक लगातार असोज ५, ६ र ७ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा आईतबार बिहान ९ बजे बस्ने भएको हो । त्यसको ४ घण्टापछि दिउँसो १ बजे कन्द्रीय सचिवालयको बैठक बस्ने छ ।
यसैगरी ललितपुरको भनिमण्डस्थित रामबागम महलमा असोज ५ गते देखि तीन दिनसम्म केन्द्रिय कमिटिको बैठक बस्ने छ।
एमालेले पछिल्लो समय पार्टीको निर्वाचन समीक्षा तथा पसनर्गठनका विषयमा छलफल गर्दै आएको छ । उक्त क्रमा पार्टीका विभिन्न तहका बैठक बस्न लागेका हुन् ।
