
काठमाडौं । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा पहिलो हार व्यहोरेको छ ।
शनिबार ब्राइटनले आर्सनललाई ३–० ले निरास बनाएको हो । फाल्मर रंगशालामा घरेलु टोली ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोस, चार्लाम्पोस कोस्टौलास र चेमा आन्द्रेसले गोल गरे ।
खेलको ३१औँ मिनेटमा ग्रोसको गोलमार्फत ब्राइटनले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टौलासले टोलीको अग्रता दोब्बर बनाए ।
आन्द्रेसले ५७औँ मिनेटमा ब्राइटनका लागि तेस्रो गोल गरे ।
जितसँगै पाँच खेलबाट १० अंक जोडेको ब्राइटन तेस्रो स्थानमा उक्लिएको छ । पराजित आर्सनल समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।
शनिबारै सम्पन्न अन्य खेलमा कोभेन्ट्री सिटीले नटिङघम फरेस्ट तथा एभरटनले इप्सवीच टाउनलाई १–०, न्युक्यासल युनाइटेडले हल सिटीलाई २–१ र एस्टन भिल्लाले टोटनहमलाई ३–२ ले पराजित गरे ।
