
फागुन १६, ध्यान गर्ने क्रममा सुरुमा स्पष्ट स्मृति पैदा हुन सक्छ। तर पछि यो घट्दै जान सक्छ र हामीले ध्यानको आलम्बनलाई नै बिर्सिरहेका हुन सक्छौं। त्यस क्षणमा चित्तमा एक प्रकारको गहिरो भारीपन वा थीनमिद्ध उत्पन्न हुन्छ र ध्यानमा कुनै स्पष्टता रहँदैन। कसै-कसैलाई लाग्न सक्छ कि यो धेरै राम्रो शमथ अभ्यास हो, तर त्यसो होइन। यदि यो भारीपन वा अस्पष्टतालाई हटाइएन भने ध्यानको अभ्यास वास्तविक वा सही हुन सक्दैन।
— लुकिङ डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ ११३ बाट







