
माघ २६, मेरो विचारमा धर्मसम्बन्धी चर्चा गर्नु आवश्यक छ । भविष्यमा अझ धेरै व्यक्तिहरूसामु धर्मको सन्देश पुर्याउन सकियोस् भन्नका लागि हामीले धर्मको गहिरो अध्ययन गर्नुपर्छ । धर्मको अभ्यासले मानिसलाई शान्त र सौम्य बनाउँछ । हामी प्रायः क्लेशहरूको वशमा परिरहेका हुन्छौँ । अविद्या, क्रोध, ईर्ष्या र तृष्णाले मानसिक दुःख मात्र उत्पन्न गर्दैनन्, तिनीहरू हाम्रो शारीरिक स्वास्थ्यका लागि पनि हानिकारक हुन्छन् । यस्ता समस्याहरू समाधान गर्ने मुख्य उपाय भनेकै धर्मको अभ्यास गर्नु हो ।
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ २३ बाट







