
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा महासचिव पद दावी गरेका ओली निकट प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्ष उम्मेदवार बनाउने तयारी थियो।
तर ज्ञवालीले आफू महासचिव मात्रै बन्ने अडान अन्तिम समयमसम्म राखे।
ज्ञवालीसँग विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङले पनि कुराकानी गरेका थिए।
ज्ञवालीका स्वकीय सचिव खेमराज ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी परेको बताए। ‘उहाँले केन्द्रीय सदस्यमा मात्रै उम्मदेवारी दिनुभएको छ,’ उनले भने, ‘नेताहरूसँग संवाद भने भइरहेको छ।’




