लघुकथा
पाप हो कि पुण्य ?
रबिन्द्र आशिष् शैली
आज एकाबिहानै घरको कौशीमा कमिलाको झुन्डले एउटा कक्रोचलाई चिथरी रहेको देखें । बिचरा कक्रोच उत्तानो परेर छट्पटाई रह्यो।म एक छिन घोरिए कक्रोचलाई बचाउँ कि कमिलाको आहार छिनौ । म दोधारमा परे आहार छिनौ पाप लाग्ला ! किनकि कमिलाको कर्म नै हो त्यो ।कक्रोचलाई बचाउनु पनि धर्म हो जस्तो लाग्छ। हुन त यी दुबै घरको लागि टाउको दुखाई हो ।
म धर्म र कर्मको दोसाँधमा उभिए । सोचें आहारा त अरू पनि पाउन्छ ,तर ज्यान एक पटक गए पछि फर्केर आउन्दैन ।अन्तमा मैले कक्रोचको ज्यान बचाउने निधो गरे सकुसल अन्त सारी दिए।
अब भन्नुस त साथीहरू मेरो कार्य पाप हो कि पुण्यरुमैले अझै मेरो मनको उतर पाएको छैन कृपया मेरो मनको बोझ हताउन साथीहरूले बताई दिनु हुन्छ कि ? यो पाप हो कि पुण्य ?
बनेपा,हाल कोठेश्वर






