काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।






