
मंसीर १७, सबै कुराको सार अन्तत: चित्त भएकाले नै परम फल (बोधिलाभ) प्राप्त गर्न सम्भव भएको हो। हामी संसारबाट सम्पूर्ण रूपमा छुटकारा पाउन सक्छौं किनकि संसार भनेकै चित्त (को अभिव्यक्ति) हो। हामी निर्वाण प्राप्त गर्न सक्छौं किनकि निर्वाण पनि केवल चित्त (को प्रकृति) नै हो। राग द्वेष आदि क्लेशहरू कहिलेकाहीँ हटाउन नसकिने सघन चीज जस्ता लाग्छन्। तर हामीले तिनीहरूको परमार्थ स्वरूप अर्थात् गहनतम तहमा तिनीहरूको वास्तविक स्वरूप जान्यौं भने तिनीहरू निर्मूल हुन सक्छन्। योसम्बन्धी शिक्षा हामीसँग उपलब्ध रहेकाले हामी राग र द्वेष जस्ता क्लेशहरूलाई निर्मूल गर्न सकिने कुरामा विश्वस्त हुन सक्छौं।
—एडभाइस फ्रम अ योगी, पृष्ठ ३८ बाट







