This image shows the office of the Department of Commerce, Supplies and Consumer Protection in Babarmahal, Kathmandu, in March 2020. Photo courtesy: Nischal Giri
विभागले आइतबार गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको जानकारी दिएको छ । त्यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि दुई लाख पाँच हजार जरिवाना गरेको छ ।
त्यस्तै आइतबारको अनुगमनमा विभागले पञ्चकन्या स्टीलआकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्न्पूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेर सामान्य निर्देशन दिएको जानकारी दिएको छ ।







