
हुम्ला । दुई पटक नजिकै गएको पहिरोबाट उच्च जोखिममा रहेको विद्यालयको छात्रावासमा बिधार्थीहरुलाई बस्नु पर्ने बाध्यता रहेको छ । ताँजाकोट गाउँपालिका– ५ को मदानादेव माविको छात्रावासको जग नजिकै पहिरो गएपछि जोखिम बढेको भएपनि अन्य बिकल्प नहुँदा बिधार्थीहरु छात्रावासमा वस्न बाध्य भएका हुन ।
गत बुधबार गएको पहिरोले केही भाग बगाएको भएपनि शनिबार बिहान गएको पहिरोले छात्रावास भवनको जग नजिकै समेत पहिरोले बगाएर जोखिम बढेको भएपनि बिधार्थीहरु र आफु सो छात्रावास मै बस्नु परि रहेको छात्रावासका वार्डेन जीवन ढकालले बताए । बिहानको भवनको जग नजिकैसम्म पहिरो गएपछि बिधार्थीहरुले छात्रावास नछोडे पनि कोठामा बस्न सकी नरहेको बताउदै पानी पर्न सुरु भएपछि कतिबेला के हुन्छ भन्न नसकिने उनले बताए । पहिरो सा भवनको सुरक्षाका लागि लगाएको ग्याविन र घेरबार समेत लगेको छ । एक वर्ष अगाडी निर्माण कार्य सम्पन्न भएर बिधार्थी, वार्डेन र भान्से सो छात्रावासमा वस्दै आएका छन् । छात्रावासमा बिधार्थी लगाएत ४६ जना बस्दै आउनु भएको छ । छात्रावासमा कक्षा छदेखि दशसम्मका बिधाथीृहरु बस्दै वस्ने गर्छन । बर्षा भए विद्यालयको कोठामा र नभएर जोखिम भएकै छात्रावासमा बिधार्थीहरुलाई राख्ने तयारी गरिएको छ ।
छात्रावास जोखिममा रहेको जानकारी वडा अध्यक्ष, प्रहरी, अभिभावक, विद्यालय ब्यवस्थापन समिति सवैलाई जानकारी गरि सकेको र केही समयका लागि बिधार्थीहरुलाई अन्यत्र बासको ब्यवस्थाको लागि आग्रह समेत गरिएको छ । छात्रावास भवनको छेउ मै पहिरो गएपछि जोखिम देखिए कै अवस्थामा आफु सो भवनमा वसी रहेको सो विद्यालयमा अध्ययनरत कक्षा दशकी छात्रा मनकला कार्कीले बताइन ।
मनमा डर र त्रास लिएर छात्रावास जीवन बिताउनु पर्ने दिन आई परेको गुनासो उनको छ । बर्खा बाँकी रहेकोले बिकल्प नभए विद्यालयले मानवीय क्षेती भोग्नु पर्ने अवस्था रहेको छात्रावासमा वस्दै आएका बिधार्थीहरुको भनाई छ । दुई तले २० कोठे भवन र शौचालय पहिरोको जोखिममा रहेका छन् ।







