
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको २८ सयले बढेर तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९८५ मा कारोबार भएको थियो ।







