
हेटौंडा । बागमतीका मुख्यमन्त्री थापाले किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन्।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ सोमबार विश्वासको मत लिनु लागेका हुन्।
सो अनुसार मुख्यमन्त्री थापाले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्। यसअघि आइतबार विश्वासको मत लिने तयारी गरेका थिए।
मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेश सभा सचिवालयले भदौ ८ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरेको छ।
भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ।

