
मंसीर २, धर्मका उपदेशहरूको अभ्यास कसैमा निर्भर हुँदैन। बुद्ध स्वयं उपस्थित हुनु पनि अनिवार्य छैन। अभ्यास गर्ने कि नगर्ने भन्ने कुरा पूर्ण रूपले हामीमै निर्भर हुन्छ। श्रद्धा, सम्मान, निष्ठा, साहस, उत्साह तथा सम्यक् बोधका आवश्यक गुणहरू उत्पन्न गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा अन्ततः हाम्रो आफ्नै प्रयासमा निर्भर हुन्छ।
— कमेन्ट्री अन द ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १२२ बाट







