
चर्चामा पुस्तक
केही प्रतिभा केही प्रवृत्ति
यो समालोचनाको पुस्तक हो ।
युवराज मैनालीद्धारा लिखित कृतिमा तर्कयुक्त र पूूर्वाग्रह रहित समालोचना पढ्न सकिन्छ ।
कृतिभित्र विभिन्न दशजना चर्चित पुराना पुस्ताका स्रष्टाहरुमाथि समालोचकीय दृष्ट्रिकोण प्रस्तुत गरिएको छ । सम,देवकोटा,सिद्धिचरण,माधव,विजय मल्ल,लैनसिंह,विकल,पारिजात,धीरेन्द्र मल्ल र गोपी मैनालीका कृतिगत समालोचना छ ।
केही प्रतिभा केही प्रवृत्तिलाई दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
भोगाइ
धर्मेश पोखरेलको उपन्यास । रोचक,कौतुकमय र जिज्ञासाले भरपूर उपन्यास कथावस्तु लामो छ । ग्रामिण जीवनको वस्तुगत यथार्थ झल्काइएको यो उपन्यासको सिँगो कथा सुमन, रमा, चन्दन, सीमा जस्ता पात्रको वरिपरि घुमेको देखिन्छ ।ती पात्रहरुका जीवनमा आएका अनेकानेक मोड, उतारचढाव, कठिनाइ लगायतका परिवेशहरु उपन्यासले देखाउँछ ।उपन्यास जीवनको यथार्थ सन्निकट छ ।सरल भाषाशैली छ ।
भोगाइलाई धर्मेश पोखरेल वैचारिक अभियानले वजारमा ल्याएको हो । कृतिको मूल्य रु.६००। रहेको छ ।
बदनाम आँचल
रमेश समर्थनको मुक्तकसंग्रह हो । अधिकतम रुपमा व्यँगचेत रहेका मुक्तकहरु यसभित्र छन् ।मुक्तकको मर्मलाई कृतिका मुक्तकहरुले न्याय गरेका छन् ।मुक्तकका विषयहरु हामी बाँचेको समाज,राजनीति,शिक्षा,संस्कार लगायतका रहेका छन् । आफु बाँचेको समाजका विकृति र विसंगतिप्रति मुक्तकहरुमा कटाक्ष गरिएको छ ।
ब्यञ्जनाशिल्पले भरिपूर चार सय एक मुक्तकहरु कृतिभित्र अटेका छन् ।
बदनाम आँचललाई फित्कौली अनलाइन मिडियाले बजारमा ल्याएको हो । यस कृतिको मूल्य रु.२५५।रहेको छ ।







