
कार्तिक १०, आजकल धेरैजसो सन्तानले आफ्ना वृद्ध आमाबुबाको खासै वास्ता वा हेरचाह गरेको पाइँदैन। न त उनीहरू नियमित सम्पर्कमा नै रहन्छन्। आमाबुबा बिरामी परेपछि वा कुनै ठूलो दुर्घटना भएपछि मात्र हतार-हतार भेट्न पुग्ने गर्छन्। झन् दुःखको कुरा त के भने कतिपयले केवल पैतृक सम्पत्तिको मात्र चिन्ता गर्छन्। छोराछोरीले आमाबुबाप्रति स्नेह, प्रेम र आदरभाव राख्नु र hउहाँहरूलाई सधैं साथ दिनु ज्यादै महत्वपूर्ण छ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ७२ बाट







