
भरतपूर ।चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ ।
३०४ जनाको डेंंगी परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।
संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउनको ११ गते सम्ममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।
यस वर्ष इच्छाकामना गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए । यसैगरी भरतपूरमा पनि केहीमा संक्रमण देखिएको बताइएको छ ।





