हेटौंडा । मकवानपूरका साहित्यकार तुलसी घिमिरेको गजलसंग्रह घामका फूलहरुको लोकार्पण गरियो ।
गजल मञ्च मकवानपूरको नियमित गजल यात्राको क्रममा आज २१५औं श्रृंखलामा एक कार्यक्रम विच प्रमुख अतिथि मकवानपूरका शिक्षा एवं समाजसेवी देव श्रेष्ठ,सर्जक सञ्जाल मकवानपूरका संयोजक निखिल,मञ्चका अध्यक्ष केशव समर्पण लगायतले लोकार्पण गरेका हुन् ।
७० वटा गजलहरु रहेको प्रस्तुत संग्रहमाथि घनश्याम घिमिरेले समीक्षा गरेका थिए ।
साथै विभिन्न व्यक्तिहरुले लोकार्पित कृतिका गजलहरु बाचन गरेका थिए ।