
असोज २८,युवावस्थामा हामीले धर्मसँग जोडिने र अभ्यास गर्ने पर्याप्त समय नपाएको हुन सक्छ। सायद, हामीले जीविका चलाउन र परिवार पाल्नका लागि कडा परिश्रम गर्नुपर्यो। तर अब त्यो परिश्रमको समय बितिसकेको छ। अहिले हामी वृद्ध भइसकेका छौँ र पेन्सनपछिको जीवनमा छौँ, त्यसैले हामीसँग धर्म (बुद्धको शिक्षा) सँग जोडिने र साधना गर्ने थप अवसरहरू छन्। वर्तमानका साथै भविष्यका जन्महरूमा पनि कल्याण गर्ने धर्म सिक्न हामीसँग धेरै समय छ। यसकारण हामीले यो सुनौलो अवसरलाई साँच्चै सदुपयोग गर्नुपर्छ र यसमा लगनशील भई जुट्नुपर्छ। हामी अझ बढी प्रार्थना पाठ गर्न सक्छौं, अधिक पुण्यकर्म गर्न सक्छौं, र विशेषतः धर्मको साधनामा लगनशीलता (वीर्य) का साथ लाग्न सक्छौँ!
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ९–१० बाट







