काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
देउवाले बिहीबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
कांग्रेसका एक पदाधिकारीले सभापति देउवाले बैठक बोलाएको जानकारी गराए । बैठक बोलाइएको स्थान भने उनले खुलाउन चाहेनन् ।





