
कविता
पौडेल विमुन्स
किन किन दुनियाँमा मूल्य हार्दै गएछ
किन जनगणनाको तत्त्व व्यर्थै भएछ
दिनदिन जनतामा चाहना अर्थ साँच्ने
सुखमय रस बोकी कल्पना राख्छ बाँच्ने।।
यति सब सपना जो देख्न चाहे कसैले
सुख रस सब छोडी पुत्र पाले कसैले
तर अब दुनियाँमा छैन अस्तित्व फेरि
समय र नतिजाले चाल फेर्यो नटेरी।।
अब किन नव पुस्ता साथ आमा रहन्निन्
किन वचन बुबाका आज छोरी सहन्निन्
युग पछि अघि के हो बुझ्न गाह्रो छ आज
युवक र युवतीले भिन्न भन्छन् समाज।।
सुख सयल हरायो बृद्धका जिन्दगीमा
अनुभव सब राखे शत्रुले बन्दकीमा
यति विषय युवा ले बुझ्न बाँकी छ आज
तब युवक सुधार्लान् जिन्दगीका जहाज ।।







