
काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनयन गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ। महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन्। १०८ मनोनीत भएपछि प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना पुगेको छ।

