
काठमाडौं । लघुकथा समाज,नेपालले लघुकथा वाचन कार्यक्रम आयोजना गरेको छ ।
समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम महासचिव सुमन सौरभको संयोजकत्वमा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ,समाजका महासचिव सुमन सौरभ,प्रदीप सापकोटा,तारा केसी,रुपा रिसाल,पूर्णब.श्रेष्ठ,शुभद्रा अधिकारी लगायतले आ-आफ्ना लघुकथा वाचन गरे ।

कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,राधेश्याम लेकाली,डा.अनन्त अधिकारी,भुँडीपुराणका केशव पराजुली समेतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव श्रीबाबु कार्कीले गरेका थिए ।
