
चर्चामा पुस्तक
अन्तिम छाल
समाजमा घट्ने र सार्वजनिक सेवा प्रवाहको सिलसिलामा हुने उतार चढाव र प्रेम सम्बन्ध समेतलाई उक्त उपन्यासमा समेटिएको छ ।यसले समाजमा घट्ने र सार्वजनिक सेवा प्रवाहको सिलसिलामा हुने उतार चढाव र प्रेम सम्बन्ध समेतलाई समेटिएको पाइन्छ । न्यायालयको विकृति र विसंगतिबारे जान्न चाहेकाहरुको लागि यो गतिलो खुराक हो । यसमा न्यायाधीशहरूको दिनचर्याबारे पनि थाहा पाउन सकिन्छ। जीवनको भोगाइहरु पढ्न सकिन्छ उपन्यासमा ।
विमल भौकाजीले सम्पादन गरेको यसको भाषाशैली सुबोध्य छ । पाठक तान्ने खुवी पनि छ ।
राजेन्द्र वाग्लेले लेख्नुभएको अन्तिम छाललाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । कृतिको मूल्य रु.५००। छ ।
नयाँ मुगलान
प्रा.डा.गोविन्दराज भट्टराईको पछिल्लो औपन्यासिक कृति हो नयाँ मुगलान । नेपाली समाज र आधारभूत जनताले भोगेको भोगाइको दुर्दान्त नियति हो नयाँ मुगलान । आफ्नो देशमा जब मानिसले उपाय पाउँदैन् । बाँच्न कठीन महशुस गर्छ तब उपाहीन र भयबाट त्राण पाउँन भासिने गर्छ मुगलान । हामी जस्तो गरीब देशका नागरिकहरु जहाँ उत्पादनलाई जनतासँग जोड्न राज्यले सकेको छैन् । बेरोजगारीले दण्डित छ , संघर्ष र परिवर्तनका अनवरत श्रृँखला पार गर्दा पनि शासक जनताप्रति उदासीन छ ।भ्रष्ट छ । अनि के गरोस त मुगलान नभासिएर । यस्तै व्यथा पोखिएको छ ।
गरीबी,शोषण र अभावबाट पार पाउने आशमा आफ्नो माटो छोड्नेको लर्को नेपालमा धेरै पहिलेदेखि अहिलेसम्म निरन्तर छ । यसैको ज्वलन्त कथा हो नयाँ मुगलान ।
मीठासपूर्ण र सुबोध्य भाषाले उपन्यासमा प्राण भरेको छ ।आयतनमा मध्यम छ,त्यसैले एकै झमटमा पढ्न सकिन्छ । पठनीय कृति बनेको छ ।
नयाँ मुगलानलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३७५।रहेको छ ।
हेर्दाहेर्दै
प्रज्ज्वल चापागाईँको स्मृति,विचार र यात्रा हो हेर्दाहेर्दै । समाज चरम आग्रह,अति पूर्वाग्रह र अत्यन्तै संकिर्ण भएको बेलाको कुराहरु बडो सजीव र मर्मस्पर्शी भाषामा अभिव्यक्त भएको छ ।
राजनीतिक ध्रुवीकरणमा मुलुक गएको बेला स्थार्थ कसरी जागृत हुन्छ भन्ने पनि यसमा उल्लेख गरिएको छ । लामो समयको बन्द राजनीतिक गतिविधिमा खुलापन आउँदा के कस्तो अवस्था देशले खेप्यो भन्ने मज्जाले वर्णन गरिएको छ ।
नेपाल र नेपाली समाजका विभिन्न आयाम यस पुस्तकले मज्जैले खिपेको छ । समाजशास्त्र,इतिहास,अर्थशास्त्र,सामाजिक व्यवस्थापन र साहित्यका कुराहरु समेटिएको यो कृति सुरुचीकर देखिन्छ ।
सरलभाषाशैलीले पाठकलाई पढुँ लाग्ने कृति बनेको छ ।
हेर्दाहेर्दैलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । कृतिको मूल्य रु.४५०।रहेको छ ।







