
काठमाडौं ।उपसभामुख इन्दिरा राना मगरलाई नेपाली कांग्रेस र नेकपा (एमाले)ले पदबाट हटाउन तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको छ।
माओवादी संसदीय दल कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो बैठक बसेको हो। बैठक प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएका हुन्।
बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू सहभागी छन्। प्रतिपक्षमा रहेका नाउपा र जसपा नेपाल भने सत्तापक्षको छलफलमा गएका थिए।
कांग्रेस र एमालेका सांसदहरूले उपभामुख हटाउनका लागि हस्ताक्षर गरेका छन्।
आचरणसम्बन्धी प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउन लागिएको हो।उपसभामुख भने अमेरिकामा छिन्।


