काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भएको छ।
मधेश प्रदेशका आठवटै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।