
काठमाडौं।पत्रकार संघले आज २०८२ साउन १७ गते संगीत साधक परशुरामभक्त माथेमाद्वारा २००३ सालमा लिखित ‘संगीत प्रवेशिका’ पुस्तकको परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
जेभिएर एकाडमी, लाजिम्पाट, काठमाडौंमा आयोजित सो कार्यक्रममा संघले चर्चित युवा सङ्गीतकार राजु सिंहलाई पहिलोपटक ‘परशु-चन्द्र सङ्गीत सम्मान’बाट सम्मानित गर्यो ।
सो सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदुत केदारभक्त माथेमाले प्रदान गर्नु भयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा ‘संगीत प्रवेशिका’ पुस्तकबारे वरिष्ठ सङ्गीतकारहरु प्रदिप बमजन र संगीता राणा प्रधानले गर्नु भएको थियो ।
यसैगरी प्रमुख अतिथि पूर्व राजदुत केदारभक्त माथेमाले संगीत साधक परशुरामभक्त माथेमाको जिवनी र व्यक्तित्वमा प्रकाश पार्दै योगदानको चर्चा गर्नु भएको थियो ।
सो कार्यक्रममा स्रष्टा हरिश कल्पितले सम्मानित सर्जक राजु सिंहको परिचय गराउनु भएको थियो भने शिक्षक नारायणप्रसाद खनालले परशुरामभक्त माथेमाले माताश्रीको नाममा रच्नु भएको ‘श्रद्धाञ्जली’छन्द कविता वाचन गर्नु भएको थियो ।
शिक्षाविद् डा. श्रीरामभक्त माथेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली, सम्मानित सङ्गीतकार राजु सिंहले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
वरिष्ठ आख्यानकार पद्यमावती सिंहले सहजीकरण गर्नु भएको सो कार्यक्रममा गायकहरु मथुरा श्रेष्ठ, प्रजाभक्त श्रेष्ठ,अन्ना श्रेष्ठ, सुनन्दा माथेमा, डिसु भण्डारी लगायतले गीतहरु गाउनु भएको थियो ।






