काठमाडौं। काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ । कामनपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचना अनुसारका आवेदन परेका छन् ।
महानगरका श्रम बैंकका फोकल पर्सन पवन कुमार ठाकुरका अनुसार आ.व.२०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । सो बमोजिम कामपाले आवेदन माग गरेको हो ।
आएका आवेदनमध्येबाट अहिले ६ सयजना छनोट गरी महानगरले खटाएको छ । आवश्यकता र माग बमोजिम अरु आवेदकहरुलाई पनि काममा खटाउने कामनपाको योजना छ ।