
विराटनगर।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेका युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य धराशायी बन्ने खतरा रहेको बताएका छन्।
नेपाली कांग्रेस विराटनगर महानगर–४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए।
नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे। बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै उनले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।
वर्तमान समयमा युवाहरुमा राजनीतिप्रतिको विकर्षण भएकोले त्यसलाई आकर्षणमा बदल्नुपर्नेमा डा.कोइरालाले जोड दिए ।




