
काठमाडौं, असार २७ — बौद्ध चिन्तन र ध्यान साधनामा रुचि राख्नेहरूका लागि आज स्वयम्भूस्थित बुद्ध प्रकाश फाउन्डेसनको बोधिहाउसमा “मेरो ध्यान यात्रा” श्रृङ्खला अन्तर्गत विशेष संवाद कार्यक्रम हुँदैछ। कार्यक्रम आज शुक्रबार साँझ ५ बजे सुरू भई ६:३० बजेसम्म सञ्चालन हुनेछ। उक्त संवादमा बौद्ध साधिका, कवयित्री तथा अभिलेखशास्त्री कल्पना पराजुलीले आफ्नो तीन दशकभन्दा लामो ध्यान यात्राबारे विचार प्रस्तुत गर्नुहुनेछ। पराजुलीले आफ्नो आध्यात्मिक यात्राको सुरुवातमै स्वर्गीय टुल्कु उर्ग्येन रिन्पोछेसँग शिक्षा लिने अवसर प्राप्त गर्नुभएको थियो। त्यसयता, उहाँले ११औँ शताब्दीका सिद्धयोगी मिलारेपाको जीवन र शिक्षाको गहन अध्ययन गर्दै ध्यान साधना गर्दै आउनुभएको छ।
बौद्ध दर्शन, काव्यरचना र शास्त्रीय अभिलेख अध्ययनमा विशेष दखल राख्नुभएकी पराजुलीले ध्यानमार्गमा आफ्ना अनुभव, अन्तरदृष्टि र रूपान्तरणकारी शिक्षाहरू सहभागीहरूसँग साझा गर्नुहुनेछ। बुद्ध प्रकाश फाउन्डेसनद्वारा मासिकरूपमा आयोजना गरिने “मेरो ध्यान यात्रा” शृंखलाको यो संस्करण ध्यान, बौद्ध अभ्यास र जीवनका गहिरा पक्षहरूबारे संवाद र आत्मचिन्तनको अवसरका रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा सहभागी हुन सबैलाई स्वागत गरिएको आयोजकले जनाएका छन्। स्थान सीमित भएकाले समयमै उपस्थित हुन आग्रह गरिएको छ।
स्थान: बुद्ध प्रकाश फाउन्डेसन, स्वयम्भू समय: शुक्रबार, ११ जुलाई, साँझ ५:०० – ६:३० स्थान विवरण:







