काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको बताएको छ ।
कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने असार ६ गते नेपाल सरकार सचिवस्तरीय बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।
स्मरण रहोस पहुँच र भनसुनका आधारमा कर्मचारीहरुको मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै सर्वत्रआलोचना भइरहेको अबस्थामा मन्त्रालयको यो सूचना आएको हो ।