
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार केहीबेरमा बैठक सुरू हुनेछ।
राप्रपा सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि प्रहरीले आजै नियन्त्रणमा लिएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जारी आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ।



