
काठमाडौं।नेपाल बार एशोसिएशनको २७ औं कार्यसमितिले आफ्नो तीन वर्षको कार्यकालको लागि कार्ययोजना तयार गरी सोही बमोजिम कार्य गर्ने निर्णय गरेको छ ।
सोही निर्णय बमोजिम बारले आफ्ना देशभरका यूनिटहरुसँग राय सुझाव माग गरेको जनाइएको छ ।
नेपाल बारले सर्वोच्च अदालत बार एशोसिएशन,उच्च बार एशोसिएशन,विशेष अदालत बार एशोसिएशन र जिल्ला बारहरुलाई पत्राचार गरेको छ ।
पत्राचारमा आफ्नो कार्यक्षेत्रभित्रका अदालत र बार एकाईमा भएका समस्याहरु,विकृति र विसंगतिहरु ,सेवा प्रवाहको अवस्था,न्यायालयको सुदृढिकरण र कानून व्यवसायीको साख तथा दक्षता अभिवृद्धिका लागि नेपाल बारले खेल्नुपर्ने भूमिका जस्ता विषयहरुमा राय सुझाव मागेको हो ।
उसले लिखित रुपमा राय सुझाव पठाउँन अनुरोध समेत गरेको छ ।
नेपाल बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले उक्त कुराको विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका हुन् ।






