
नेपालगन्ज ११ वैशाख,। विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
नेपालगन्ज रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले रौतहट फुटबल संघलाई ३-० ले पराजित गर्दै पुलिससँग फाइनल खेलका लागि पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा एपीएफले तीन गोल गरेको थियो ।
एपीएफको लागि दोस्रो हाफमा अनिता केसी, निशा ठोकर र सबिता राना मगरले १–१ गोल गरे ।
अनिता केसीले ७३औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् ।
फाइनल खेल वैशाख १२ गते हुने छ ।






