
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउनेभन्दा पनि श्रीपेच चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।
शनिबार बाँकेमा पार्टीको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै शर्माले काठमाडौंको तीनकुने वा देशका विभिन्न सहरमा प्रदर्शन गर्दैमा राजसंस्था नफर्कने बताए । पूर्वराजा आफू निर्वाचनमा नउठी चुनाव चिह्न श्रीपेजमा अरूलाई उठाएर दुईतिहाइ सांसद जितेर राजसंस्था फर्काउन उनले चुनौती दिए ।
उनले भने-‘राजसंस्थाको रेल छुटिसकेको छ,अब कहिल्यै फर्किंदैन।’
शिक्षक आन्दोलनको निकास प्रधानमन्त्रिले दिनुपर्नेमा उनको जोड थियो । राजनीतिक स्थायित्वको लागि हरेक प्रधानमन्त्रीले एक कार्यकाल पुरा अबधी काम गर्नसक्ने वातावरण हुनुपर्नेमा उनले जोड दिए ।
उनले काँग्रेस कार्यकर्ताहरुलार्इृ कुनैपनि गुटमा नलाग्न आग्रह गरे ।





