पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमाआज कास्की जिल्लाअदालतमा रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन।
जिल्ला न्यायाधिशनितिश राइको इजलाशमाआज देखि रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्।
यस अघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी एमाले नेत्री एबम गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ।
यसै बीच रबि लामिछानेका तर्फबाट कास्की जिल्लाअदालतमा थुनछेक बहसमा सहभागी कानून ब्यनासायी यज्ञ मणि न्यौपानेले सहकारी पिडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलाशमा कुरा उठ्न थालेको बताएकाछन्।
सहकारी पिडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पिडितहरुले आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गैरहेको बारे इजलाशमा छलफल भएको अधिबक्ता न्यौपानेले बताए।
अहिले रबि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दाका कारण सहकारी पिडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून ब्यबसायीहरुले बताउदै आएका छन्।
सुर्यदर्शन सहकारी ठगीप्रकरणमा रबि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलाशमा बहस चलि रहदा उनका शुभ चिन्तकहरु भने सर्वासाधारणले रकमउठाएर भएपनिलामिछानेलाई लाग्ने धरौटीबुझाउनतयार रहेको बताउनथालेका छन्।
अर्कातिर रबि लामिछानेलाई जसरी पनि जेलमा कोच्ने गरी अदालतमा बहस गरेकोमा राष्ट्रिय स्वतन्त्रपार्टीकी नेत्रीजिता बरालले ती कानून ब्यबसायिहरु प्रति आक्रोशित पोखेकी छिन।