काठमाडौं ।कवि दिनेश अधिकारीकोकवितासंग्रह ‘पानीको परेड’ सार्वजनिक भएको छ ।
कवि अधिकारीले कविद्धय डा.नवराज लम्साल र मोमिलालाई आफ्नो कवितासंग्रह उपहार प्रदान गरेर ‘पानीको परेड’ सार्वजनिक भएको हो ।
डा.नवराज लम्सालले कवि अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने कवि भएको बताए । उनले भाइबहिनी पुस्ताका लागि कविता पढ्ने पाठशालाको रुपमा कवि अधिकारीको चर्चा गरे ।
अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा पुस्तक सार्वजनिक गरेका कविले आफ्नी जीवनसाथी उषा अधिकारीलाई पनि मञ्चमा बोलाएर पुस्तक उपहार दिए।
कविले आफ्नो लिखित मन्तव्य सुनाउने क्रममा कविता अचानक एकदिन पनि सुनाए । मन्तव्यमा आफ्नो कविता यात्राको ५०औं वर्षगाँठ भएको पनि जानकारी दिए ।
प्रकाशक विमल आचार्यले स्वागत मन्तव्यको क्रममा यस कृतिभित्र २०६६ देखि २०८० सालसम्म रचिएका कविताहरु समावेश गरिएको भन्दै अधिकारीको १७ औं कृति भएको पनि जानकारी दिए । पानीको परेड पब्लिकेशन नेपालले प्रकाशनमा ल्याएको हो ।