
विराटनगर । नेकपा एमाले मोरङको पदाधिकारीमा अजम्बर राई नेतृत्वको प्यानल नै विजयी भएको छ।
संस्थापन पक्षका उम्मेदवारहरूलाई पराजित गर्दै विनोद ढकाल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्।
शुक्रबार साँझ सकिएको पदाधिकारी तर्फको मत गणनाको अन्तिम परिणाम अनुसार ढकाल पक्षका राईले ४४६ मत प्राप्त गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन्। उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गरेका हुन्।
ओझाले ४०७ मत प्राप्त गरेका छन।
उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन्। सागरले ४२२ मत पाउँदा संस्थापनकी शान्ति लिम्बूले ३९१ मत पाएकी थिइन्।सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याएर विजयी बन्दा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन्।उपसचिमा सन्तोष वान्तावाले ४९० मत पाएर विजयी भएका छन्। संस्थापनका इरजा लाल राजबंशीले ३११ मत पाएका छन्।यसैगरी महिला उपसचिवमा उषा झा ४१८ मत ल्याएर विजयी भएकी छन्। उनको प्रतिष्पर्धी संस्थापनकी शिल्पा कार्कीले ४०५ मत पाएकी छन्।







