
काठमाडौं । चारुमती विहार ( चा: बही) मा सम्राट अशोक क्लब,भारत बाट आउनुभएका राष्ट्रिय तथा क्षेत्रीय पदाधिकारीहरुलाई स्वागत कार्यक्रम हालै सम्पन्न भएको छ।

उक्त अवसरमा चारुमती विहारका गुथियारहरुद्वारा अतिथी हरुलाइ टीका, फूलप्रसाद र खादाले स्वागत गरेका थिए।
बाँसुरीबादक रुपेश शाक्य द्वारा मंगल धुन बजाएका थिए। नेवाः ल्याम्ह पुचः का तर्फबाट सुरेशकाजी शाक्यले पुचः ले गर्ने गतिविधिहरुबारे बताउँदै पाहुनाहरुको स्वागत गर्नु भएको थियो ।

परमानन्द शाक्यले अतिथी हरुलाइ स्वागत गर्दै चारुमती विहारको २६०० वर्षदेखिको अटुट बौद्ध धर्म संस्कृति बारेमा प्रकाश पारेका थिए।
सो अबसरमा चा: बहीका वरिष्ठ जेष्ठसदस्य कृष्ण शाक्यद्वारा विहारको धार्मिक रितिरिवाज बारे चर्चा गरेका थिए ।
कार्यक्रममा चारुमती मिसा पुचःका अध्यक्ष अनिता शाक्यले आफ्नो पुचःले यस क्षेत्रमा गर्नेगरेका कृयाकलापहरुका बारेमा बोल्नु हुदै गत वर्ष फेब्रुअरीमा भारतको उत्तर प्रदेशको २७ ओैं लाटिया महोत्सवमा र यसै वर्ष जनवरीमा छत्तीसगढको सिरपुरमा पुनः प्रमुख अतिथिको रुपमा निमत्याईएका बेला प्राप्त भएको अद्वित्तिय आतिथ्यको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा पुर्व मन्त्री तथा लुम्बिनी बिकास कोषका पुर्व उपाध्यक्ष माननीय श्री केशबमान शाक्यले नेपालमा बौद्ध सभ्यताको बारेमा प्रकास पार्नु भएको थियो भने
सम्राट् अशोक क्लब, भारत, छत्तीसगढका अध्यक्ष जीवनदीप सिँह मौर्य द्वारा उक्त संगठनको अन्तर्राष्ट्रिय सम्बन्ध बारे बताउनुभएको थियो ।

क्लबका राष्ट्रिय महासचिव डा. शत्रुघ्न शाक्यले आफ्नो संगठनको बारेमा बताउनु भयो । क्लबका राष्ट्रिय प्रवक्ता डा.सच्चिदानन्द मौर्यजीले सम्राट् अशोक क्लबको गठन, भारतमा यसको अपरिहार्यता बारे बताउनुभयो ।

चारुमती विहारका तर्फबाट थाकुली द्वय मोहन रत्न शाक्य तथा गजेन्द्र शाक्यद्वारा पाहुनाहरुलाई मायाको चिनो भेट गर्नु भएको थियो भने


सम्राट् अशोक क्लबका तर्फबाट डा. सच्चिदानन्द मौर्य तथा डा। शत्रुघ्न शाक्य द्वारा चारुमती विहारका जेष्ठ थाकुली पूर्णबिर शाक्य तथा माननीय डा .केशबमान शाक्यलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा अतिथी हरुलाइ चा: बहीमा रहेका बिभिन्न बिहारहरुको दर्शन गराउने कार्य भएका थिए।





