
काठमाडौं । बेलायतका राजकुमार एडवार्ड भोली मंगलबार श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन्।
एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दियो ।
उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई(बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन् ।
गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।
राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको पनि बताइएको छ ।





