
ताप्लेजुङमा आगलागी भएको छ । बिहीबार (असोज ८) दिउँसो ताप्लेजुङको दोभान बजारमा आगलागी भएको हो ।
पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनालले जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । तर, पाँच घर जलेको डीआईजी खनालले बताए ।
प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले आगो निभाउने प्रयास जारी राखेका छन् ।



