
काठमाडौँ । जनमत पार्टीको दोस्रो महाधिवेशन सरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
यसअघि केन्द्रीय सचिवालयको बैठकले असोज ९ र १० गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । अब महाधिवेशन आगामी असोज १७ गते शनिबार वीरगञ्जमा आयोजना गरिने पार्टीका सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।
सचिवालय प्रमुख मण्डलद्वारा जारी सूचना अनुसार असोज ८ देखि १२ गतेसम्म भारी वर्षा, बाढी, पहिरो, डुबान, सडक अवरोध तथा यात्रा जोखिमलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो । महाधिवेशनका अन्य पूरा भएका सबै प्रक्रियाहरू भने यथावत् रहने पार्टीले जनाएको छ ।






