
काठमाडौँ । इरानका राष्ट्रपति मोसुद पेजिस्कियानले अमेरिकासामु घुँडा नटेक्ने बताएका छन् । बुधबार राष्ट्रसंघको महासभामा उनले सम्बोधन गरेका थिए ।
त्यसक्रममा उनले युद्ध अन्त्यको लागि कूटनीतिक सुझबुझलाई कमजोरीका रुपमा नबुझ्न अमेरिकी राष्ट्रपतिलाई चेतावनी दिए ।
मंगलबार राष्ट्रसंघमा सम्बोधन गरेका ट्रम्पले इरानलाई ध्वस्त पार्ने चेतावनी दिएका थिए । बुधबार पेजिस्कियानले ट्रम्पलाई त्यसको जवाफ दिएका हुन्।
युद्ध अन्त्यका लागि अमेरिकाले नाकाबन्दी हटाउनुपर्ने, इरानका सम्पत्ति फुकुवा हुनुपर्ने बताएका छन् ”सबैले स्ट्रेट अफ होर्मुजबाटै लाभ लिइरहँदा हामीलाई पहुँच रोक्ने कुरा न्यायोचित छैन,” पेजिस्कियालने बैठकमा भने ।
ट्रम्पले इरानलाई आतंकवादी भनेकोप्रति पनि पेजिस्कियानले आपत्ति व्यक्त गरे । ”हाम्रो मुलुकलाई आतंकवादबाट प्रताडित बनाएको अमेरिकाले हामीलाई नै आतंकवादी भनिरहेको छ,” उनले महासभामा भने ।
महासभामा पेजस्कियानले मारिएका आफ्ना सर्वोच्च नेता अयोतुल्लाह अली खामेनीको तस्बिरसहित मारिएका गैर सैन्य र बालबालिकाका तस्बिर प्रस्तुत गरेका थिए ।
