
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ । बुधबारको बैठकमा अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदन सर्वसम्मतले पारित भएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
बुधबारको बैठकमा पार्टी सचिवालयका सदस्यहरूका साथै केन्द्रीय कमिटीका सदस्यहरूले आ−आफ्ना धारणा एवं सुझावहरू प्रस्तुत गरेका थिए । बैठकमा पार्टी पदाधिकारीहरू रामबहादुर थापा‚ विष्णुप्रसाद पौडेल‚ पृथ्वीसुब्बा गुरुङ‚ गोकर्ण विष्ट ‚ रघुजी पन्त‚ लेखराज भट्ट ‚ योगेश भट्टराई ‚ रघुवीर महासेठ ‚ छविलाल विश्वकर्मा‚ पद्मा अर्याल‚ खगराज अधिकारी‚ भानुभक्त ढकाल ‚ यामलाल कडेल ‚ शेरधन राई‚ डा. राजन भट्टराई, हिक्मत कार्की‚ महेश बस्नेतले धारणा राखेका थिए ।
यस्तै, आयोगका अध्यक्षहरु भरत पहारी‚ डा. पुष्प कँडेलले समेत आफ्नो विचार राखेका थिए । केन्द्रीय सदस्यहरू परशुराम बस्नेत, पार्वत गुरुङ, पार्वती रावल, पार्वती बिसुङ्खे, प्रेम तामाङ, प्रेम पराजुली, प्रतीक्षा तिवारी, प्रदीप कटुवाल, प्रदीप ज्ञवाली, प्रभा बराल, प्रभु हजारा, बदमी क्वारा बोहोराले पनि बोलेका छन् ।
धारणा राख्ने अन्यमा बालिका गिरी, बिना श्रेष्ठ, विन्दु महर्जन, रमेश बडाल, बोमबहादुर विश्वकर्मा, भगवती चौधरी, भगवती थापा, भगवती न्यौपाने, भागिरथी सिंह, भारती पाठक, डा. भीष्म अधिकारी, भूमि त्रिपाठी छन् ।
यस्तै, भूमिश्वर ढकाल, भोला पोखरेल, मञ्जु भण्डारी, मञ्जु चालिसे, मन्जु चौधरी, मन्जु गुरुङ, मनकुमारी जि.सी., मन कुमारी तितुङ (तारा), मनोज ताम्लीले पनि बैठकमा बोलेका छन् । केन्द्रीय कमिटीको जारी बैठक बिहीबार १२:३० बजे भनिमण्डलस्थित रामबाग भवनमा पुनः बस्नेछ । त्यस अघि पार्टी केन्द्रीय सचिवालयको बैठक च्यासलमा बिहान १० बजे बोलाइएको छ ।
