sf7df8f}F, & r}tM
5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f
sf7df8f}FFsf] tf/s]Zj/ gu/kflnsf!) l:yt dgd}h'df cfh lbpF;f] k/]sf] kfgLdf 5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f . tl:a/M xl//fd e]6'jfn÷/f;;
काठमाडौा ।हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम(मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम(उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार दिउँसो सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू(भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ ।
मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका साथै सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै तथा मधेस र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू(भाग एक(दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।
महाशाखाका अनुसार, मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू(भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
