kakani 2
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित भएका छन्।
उनी १ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत प्राप्त गरे। नेकपा(एमाले) का यमबहादुर लामाले ३ सय ४१ म्त प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलसिद्धि लामा तामाङले ८३ मत ल्याए।
गत निर्वाचनमा यस वडामा कांग्रेस निर्वाचित भएको थियो।



