
काठमाडौं । विश्वकप क्रिकेटमा चयन महिला टोलीलाई प्रधानमन्त्रीको बधकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक विश्वकपमा छनोट भएको यू–१९ महिला क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्चालमार्फत भनेका छन्, “महिला क्रिकेटमा नेपालले पहिलोपटक विश्वकप खेल्ने छ, बधाई टिम नेपाल ।”
नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टीम दुवईलाई आठ विकेटको भारी जित निकाल्दै पराजित गरेर विश्वकपमा खेल्ने स्थान पक्का गरेको हो ।




