
नवशिला
पिण्ड
एकाबिहानै घरको ढोका ढकढक गरेपछि पवित्राले ढोका खोलि।
ठिक एक वर्ष अघि छोडेर गएको मान्छे ढोका अगाडी ठिङ्ग थियो।
बिनोदले घरै पवित्रालाई छोडेर जानुको कारण थियो घरायसी कलह, मनमुटाव र श्रीमान श्रीमती बिचको बेमेल।
पछि मुद्धा मामिला भो, पवित्राका माईती र वकिल मिलेर घर र सम्पत्ति हत्याएर बिनोदलाई घर छोड्न बाध्य बनाए।
पवित्रा च्याठिदै बोली ‘तँ मलाई मरिस भनेर गएको हैनरु फेरि मेरो आँगन टेक्न किन आएको ?’
‘तँ यहाँबाट गैहाल, मलाई तेरो अनुहार पनि हेर्न मन छैन।’
‘हो तँ मेरा लागि मरेकै होस्,त्यहि भएर तलाई तर्पण दिन आएको,ला यो पिण्ड खा !’बिनोद टपरीको पिण्ड ढोका अघि राखेर फरक्क फर्कियो।






