काठमाडौं । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा सम्बोधन गर्ने भएका । सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम,सरकारको काम-कारबाहीबारे पनि छलफल हुने बताइएको छ ।








