
धूलिखेल । नेपाल बार एशोसिएसन काभ्रे, इकाईको निर्वाचन तोके पछि गठित निर्वाचन तालिका अनुसार उम्मेदवार मनोनयन आज सकिएको छ ।
अध्यक्ष पदका लागि बामपन्थी समुहबाट हरिशरण दाहाल र लोकतान्त्रिक समुहबाट जयराम थापाले उम्मेदवारी दर्ता गरेका छन् भने नेत्रप्रसाद सापकोटाले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।


गत निर्वाचनमा निर्वाचित अध्यक्षलाई लगातार काममा अवरोध गर्दै बैठक समेत बस्न नदिए पछि अध्यक्ष पदको अधिकार प्रयोग गर्दै नयाँ आवेदन दिएका २३ सदस्यको स्विकृत भएपछि गठवन्धनबाट निर्वाचित नेपाली काँग्रेस निकट कानून ब्यवसायीहरुले कार्य समितिलाई काम गर्नै दिएको थिएन ।
त्यसपछि विशेष साधारण सभाले निर्वाचन मिति कार्तिक ३ गतेलाई तोकेको थियो ।
पुर्व अध्यक्ष अधिवक्ता कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा अधिवक्ता द्धय प्रदिप सापकोटा र प्रतिभा खत्री रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोहि समितिले असोज ३० गते दिउसो २ देखि ५ बजेसम्म मनोनयनको समय तोकेको थियो । उक्त अवधी भित्र दाहाल र थापाको समुहबाट उम्मेदवारी दर्ता भएको थियो । दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन गरेको छ भने थापालाई समाजवादी, नेपाली काँग्रेसको एउटा समुहका कानून ब्यवसायीहरुले समर्थन गरेका छन् । केही स्वतन्त्र कानून व्यवसायीहरु पनि मतदाता रहेको र उनीहरुको मत भने व्यक्ति हेरेर हाल्ने आँकलन र विश्लेषण पनि केही कानून व्यवसायीहरुले गरेका छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष सहित १३ सदस्यीय कार्य समिति र ६ जना केन्द्रिय पार्षदमा निर्वाचनको निम्ति अध्यक्ष बाहेक सबै पदमा स्पष्ट दुई खेमा विभाजित भएर उम्मेदवारी परेको छ । दाहाल नेतृत्वको समुहबाट निरोजप्रसाद नेपाल उपाध्यक्ष छन् । नारायणध्वज तामाँग,कोषाध्यक्षमा मुकुन्द मुनकर्मी तथा सह-सचिवमा लालतारा अधिकारीले उम्मेदवारी दिएका छन् भने थापा समूहबाट उपाध्यक्षमा हरिशरण वस्नेत,सचिवमा प्राणनाथ न्यौपाने तथा सह-सचिवमा जमुना पसछेले उम्मेदवारी दिएका छन् ।
उक्त निर्वाचनमा १सय २३ मतदाता रहेका छन् ।








